Logo
Logo

धरानको खानेपानी समस्या समाधान हुन्छ : खानेपानीमन्त्री


756
Shares

काठमाडौं ।  खानेपानीमन्त्री प्रदीप यादवले धरानका नागरिकको वर्षैदेखिको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको  बताएका छन् ।

आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ) नेतृत्वको एक प्रतिनिधिमण्डलले खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि बजेट विनियोजन गर्न आग्रहसहितको माग पत्र पेश गरेपछि मन्त्री यादवले सो बताएका हुन् । 

मन्त्री यादवले भने, “धरानका नागरिकको खानेपानीको समस्याका विषयमा म सहित सिङ्गो मन्त्रालय जानकार छ । त्यहाँको खानेपानीको दीर्घकालीन रूपमा समाधान गर्नेतर्फ हामी लागि रहेका छौँ । समस्या समाधान गछौँ ।”

मन्त्री यादवले धरानको खानेपानीको समस्याका विषयमा आफू पहिलेदेखि नै जानकार रहेकाले त्यहाँको खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधानका लागि दातृ निकायसँगको सहयोगमा समाधान गरिने आश्वासन दिए ।

नगरप्रमुख साम्पाङ नेतृत्वको एक प्रतिनिधिमण्डलले धरानको खानेपानी समस्याबारे विशेष ध्यानाकर्षण गराउँदै आगामी आर्थिक वर्ष २०८२र०८३ मा धरानमा खानेपानीका लागि बजेट विनियोजन गरी दिनका लागि मात्र पत्र बुझाएका थिए । 

गर्मी मौसम सुरु भएकाले अहिले धरानमा खानेपानीको निकै काकाकुल अवस्था सृजना भएको तथा पानी नभएका कारण नागरिकलाई साह्रै दुस्ख भएको नगरप्रमुख राई बताए । उनले भने, “पानीको समस्या पहिलेदेखि नै थियो, अहिले गर्मी मौसम सुरु भएकाले झन् समस्या भयो, स्थायी रूपमा पानीको समस्या समाधानका लागि बजेट माग गरेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्