Logo
Logo

तीनकुने घटना : दुर्गा प्रसाईंका दाइ प्रहरीको नियन्त्रणमा


2k
Shares

काठमाडौं । दुर्गा प्रसाईंका दाइ राकेश प्रसाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई सोधपुछको लागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले जानकारी गराएका हुन् ।

 

सोधपुछ गरेपछि राकेशलाई मुद्दा चलाउने वा छाड्नेबारे निर्णय गरिने प्रहरीले जनाएको छ ।  दुर्गा प्रसाईँ र नवराज सुवेदीका नेतृत्वमा भएको प्रदर्शनमा दुई जनाले ज्यान गुमाएका थिए । सो प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनको नेतृत्व गर्ने दुर्गा प्रसाईँ फरार छन् । 

प्रतिक्रिया दिनुहोस्