काठमाडौं । चैत १५ गते कोटेश्वरस्थित जडीबुटी उद्योगमा आगो लगाउने ‘मुख्य व्यक्ति’लाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सीसीटीभी र भिडिओका आधारमा पहिचान गर्दै उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसेका २७ वर्षीय कुमार तामाङ रहेका छन्। उनले जडीबुटी चोकको ट्राफिक लाइट पनि फुटाएको प्रहरीको आरोप छ। उनैले जडीबुटी उद्योगमा पनि आगो लगाएको भिडिओमा देखिएको छ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ।