Logo
Logo

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन: लेखराज भट्ट


504
Shares

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको आज अत्तरियामा आयोजित १४औँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा सचिव भट्टले राजतन्त्रको अन्त्य भइसकेकाले अब राजतन्त्र जिउँदो भएर आउन नसक्ने बताए । उनले वर्तमान लोकतान्त्रिक गणतन्त्रमा केही कमी कमजोरीहरू रहेको स्वीकार गर्दै ती कमजोरीको समीक्षा गरेर सुधार गर्न आवश्यक रहेको बताए । 

सचिव भट्टले समस्याको समाधान संवाद र छलफलबाटै हुने उल्लेख गर्दै  इतिहासले यिनै उपायबाट समाधान निकालेको देखाएको बताए । वर्तमान सरकारले विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ थियो । स्थानीय सरकारमार्फत पूर्वाधार विकास तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै सचिव भट्टले १५ दिन लाग्ने काम एक दिनमै सकिने अवस्था आएको बताए । 

फास्ट ट्रयाक जस्ता ठुला परियोजनाले गति लिइरहेको जिकिर गर्दै सचिव भट्टले पञ्चायतकालमा भएका विकास निर्माण र अहिले भएका कामको तथ्याङ्कका आधारमा समीक्षा गर्न जरुरी रहेको ब बताए । 

प्रतिक्रिया दिनुहोस्