Logo
Logo

ट्रेड टावरले पायो आईपीओ निष्काशनको अनुमति


819
Shares

काठमाडौं । ट्रेड टावर लिमिटेडले आईपीओ निष्काशन गर्न अनुमति पाएको छ । कम्पनीले २०७९ असार १४ गते बोर्डमा आइपीओ बिक्रीका लागि अनुमति मागेको थियो । आवेदन दिएको ३२ महिना पछि कम्पनीले आईपीओ निष्काशनको स्वीकृति पाएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ बिक्री गर्नेछ । कम्पनीले ३९ करोड ७१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । चालु आवमा सेबोनले आइपीओ निष्काशन गर्न दिएको सातौँ तथा नयाँ अध्यक्ष आएपछिको छैटौँ आईपीओ अनुमति हो । 

प्रतिक्रिया दिनुहोस्