Logo
Logo

रुपन्देहीको नाका तस्करीको अखडा


2.6k
Shares

काठमाडौं । सशस्त्र प्रहरीमा आइजीपीलाई थाहै नदिई सेटिङमा रुपन्देही पुगेका एक डिएसपीले तस्करीका सामान छाडेको उजुरी आएको छ । सशस्त्र प्रहरी महानीरिक्षक राजु अर्याललाई थाहै नदिई कमाण्डको पुर्वानुमान समेत नभएका प्रदीप बस्नेतका विरुद्ध उजुरी परेको हो ।

रुपेन्देहीबाट सशस्त्र प्रहरीको मिलेमतोमा व्यापक तस्करी भएको उजुरी केन्द्रमा परेको हो । कमाउ धन्दाकै लागि कमान्डमा नाम समेत नभएका डिएसपी प्रदीप बस्नेतलाइ भैरहवा भन्सारमा रहेको बिओपिमा कमान्ड हालिएको थियो ।

कर्मचारी प्रशासनका डिएसपी नन्द साउदले सेटिङमा उनलाइ त्यहाँ पठाएका हुन् । डिएसपी बस्नेत यस अघि पनि मोरङको रानी भन्सार बसेर तस्करी धन्दामा संलग्न थिए । आफ्ना बिश्वास पात्र डिएसपी तुलसिराम पाण्डेलाई अन्यत्र लेखेटिए पछि साउदले बस्नेतलाइ पठाएको चर्चा हलचोकमा छ । अहिले डन्डाबाट हुने तस्करिमा २७ नम्बर गणका एसपी मेखराज जोशीले संरक्षण गरिरहेका छन् ।

जोशीको निर्देशन र बस्नेतको संलग्नतामा तस्करी मौलाएको श्रोतको दाबी छ । कर्मचारी प्रशासनका डिएसपी साउदले यसरीनै सेटिङमा कमान्ड पठाउने गरे पनि उनी माथी कुनै निगरानी नभएको भन्दै आइजीपी सचिवालयमा उजुरी आएको छ ।

भैरहवा र बुटवलका व्यवसायीहरूले खुला सिमानाको कारण चोरी तस्करी झन् बढेकोले आफ्नो व्यवसाय धरापमा परेको भन्दै चोरी तस्करी रोक्न प्रहरी प्रशासनसँग आग्रह गरिसकेका छन् । व्यवसायीहरुका अनुसार भारतसँग सीमा जोडिएका क्षेत्र रुपन्देहीको फरेनी, वैकुण्ठपुर, मर्चवार, महेशपुर, लुम्बिनी, भगवानपुर, ककरहवा लगायतका नाकाबाट खाद्यवस्तु, कपडा, हार्डवेयर, मोटरपार्टस, मोबाइल, इलेक्ट्रिक सामानहरूको चोरी तस्करी हुने गरेको छ ।

छड र सिमेन्टबाहेक अन्य सबै खालका सामानहरू यी नाकाबाट तस्करी हुने गरेको छ । सानादेखि ठुला चोरी तस्करीहरू यी नाकाबाट हुने गरेका छन्, यस्तो कार्य प्रहरी प्रशासनको सहयोगबिना सम्भव नभएको स्थानीय व्यापारीहरुले जनाएका छन् ।

स्थानीयहरुले प्रहरीलाई तस्करी रोक्न गरेको आग्रहलाई पनि सशस्त्र प्रहरीका एसपी र डिएसपीले यस्तै हो भन्दै वेवास्था गरेका छन् । ‘यहाँ पशुपतिमा बस्न आएको होइन, सामान्य घट्नाक्रम त भैहाल्छ नि’, डिएसपी बस्नेतले व्यापारीलाई जवाफ फर्काउने गरेको गुनासो पनि सशस्त्र मूख्यालयमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्