Logo
Logo

बल्खुमा सुरक्षा पहरा (फोटोफिचर)


819
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंको बल्खुमा विरोधसभा गर्दैछ । व्यवस्था उल्टाउने भन्दै राप्रपाले प्रदर्शन तथा सभा गर्न लागेको हो ।

राप्रपाको प्रदर्शनलाई लिएर नेपाल प्रहरीले आवश्यक सुरक्षा व्यवस्था गरेको छ । तीनकुनेको कमजोरी सुधार्दै प्रहरीले आवश्यक परे सिलसिलेवार बल प्रयोग गर्ने रणनीति बनाएको छ ।

यसअघि तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले कडा सुरक्षा प्रबन्ध गरेको हो । हजारौं संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासका क्षेत्रमा खटिएका छन्। केहीबेरमा राप्रपाले काठमाडौंको बल्खुमा प्रदर्शन र आमसभा गर्ने भएको छ।

विभिन्न ठाउँबाट र्‍याली बल्खुमा पुगेर आमसभामा रूपान्तरित हुनेछ। आमसभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका शीर्ष नेताहरूले सम्बोधन गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्