Logo
Logo

कम्युनिस्ट एकताको सम्भावना सकिएको छैन : प्रचण्ड


1.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक पटक फुट भएपछि अब कुनै हालतमा कम्युनिस्ट एकता हुँदैन भनेर सोच्न नहुने बताएका छन् । मङ्गलवार प्रगतिशील लेखक सङ्घको १३ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिँदै  प्रचण्डले फेरी पनि कम्युनिस्ट एकताको सम्भावना जीवितै रहेको बताएका हुन् ।

प्रचण्डले भने, ‘हिजो विभाजन भएकाले अब एकता असम्भव छ भन्नु चाहिँ मार्क्सवादी सोचाइ हुन सक्दैन । त्यो द्वन्द्वात्मक भौतिकवादी हुन सक्दैन ।’ विगतमा पटक पटक कम्युनिस्ट एकताका प्रयास भए पनि त्यो एकता सोचे जसरी अघि बढ्न नसकेको प्रचण्डको भनाइ रहेको छ । 

‘कम्युनिस्ट एकताका प्रयास नभएका होइन । कहिले त्यो सफलजस्तो कहिले असफलजस्तो हुने गरेका छन् । पछिल्लो चरणमा देशका दुई वटा अलि प्रभावशाली कम्युनिस्ट पार्टीका बिचमा एकताका प्रयास भए । एकता भयो पनि । सबैले अनुमोदन पनि गरे,’ प्रचण्डले भनेका छन्, ‘तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौँ । झन्डै दुई तिहाइको नजिक पार्टी पुग्दा पनि सरकारबाट सबैले प्रशंसा गर्ने भनौँ वा इतिहासमा नाम रच्ने र पार्टीको एकतालाई बचाउन पनि सकेनौँ । हामीले त्यसबाट शिक्षा लिनुको अर्को विकल्प छैन ।’

‘वामपन्थी एकताको लागि निरन्तर लाग्नु नै छ । हामी विभाजित पनि भयौँ । कहिलेकाहीँ एक अर्काप्रति आलोचना पनि गरेका छौँ,’ प्रचण्डले भने, ‘तर, हामीले एकताको झन्डा चाहिँ छाडेका छैनौँ । अन्ततः फेरि वामपन्थी कम्युनिस्ट भन्नेहरू एक ठाउँमा आएर अघि बढ्नुपर्छ । एकताको झन्डा छाड्नु हुँदैन भन्ने कुरामा प्रस्ट छौँ ।’

प्रतिक्रिया दिनुहोस्