
काठमाडौं । मन्त्रिपरिषद्ले वैकल्पिक विकास वित्तसम्बन्धी विधेयक पारित गरेको छ। सिंहदरबारमा सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक स्वीकृत गरेको हो।

मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सार्वजनिक पूर्वाधार निर्माणमा देश तथा विदेशका निजी क्षेत्रलाई आकर्षित गर्न वैकल्पिक विकास वित्तसम्बन्धी विधेयक तयार पारेको जानकारी गराएका हुन् । उक्त विधेयक सोमबारको मन्त्रिपरिषद् बैठकबाट पारित भएको उनले बताए ।
सरकारले अब छिट्टै विधेयक संसद्मा प्रस्तुत गर्नेछ। विधेयक छिटोभन्दा छिटो पारित होस् भन्ने सरकारको चाहना रहेको पौडेलले बताए। उनले विधेयक पारित भएसँगै स्वदेशी तथा विदेशी लगानीकर्तालाई सार्वजनिक पूर्वाधार क्षेत्रमा लगानी गर्न आकर्षित गर्न सकिने विश्वास व्यक्त गरे।











