काठमाडौं । कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बनमा परेका बेला बिदामा बसेर उम्केका सहसचिव अहिले बारा जिल्लाको प्रमुख जिल्ला अधिकारी छन्् ।
दुई वर्ष अघि मेयर बालेन साहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेपछि उनी सुइकुच्चा ठोकेका थिए । अहिले तिनै सहसचिव गृहमन्त्री रमेश लेखक निकटको हवाला दिँदै बारामा बसेर भाइरल हुने रोगबाट ग्रसित बनेका छन् ।

लामो समयदेखि आर्कषक स्थानमा रमाउँदै आएका विवादस्पद सहसचिव अधिकारी निरन्तर विवाद पर्दै आएका निजामती सेवाका कर्मचारी हुन् । उपसचिव हुँदा यातायातमा राज गरेका अधिकारी रवि लामिछाने गृहमन्त्री हुँदा नै छिरेका थिए ।
काठमाडौं महानगरपालिकामा करारमा स्वास्थ्यको कर्मचारी भर्ति गर्दा ‘किर्ते’ गरेको आरोप लागेका उनी मधेशी आयोग तिर भागेका थिए । तिनै अधिकारी अहिले बाराको बोर्डर क्षेत्रमा गएर मोटरसाईकलका पोका देखाउदै ‘स्टण्ट’ मच्चाएपछि थप विवादमा परेका हुन् । उनको उक्त कार्यको चौतर्फी विरोध भईरहेको छ ।
बाराका सिडियो अधिकारी एकाएक मटिअर्वा नाका पुगेर दुई प्रहरीलाई निलम्बन गर्न एसपीलाई फोन गरेर हुकुम शैली अपनाएका थिए । उनको यस्तो हर्कतपछि सुरक्षा निकाय सहित निजामती क्षेत्रका कर्मचारीहरुले खुलेर बिरोध गरिरहेका छन् । जागिरे जीवनमा प्राय विवादमा आईरहने अधिकारी आफ्ना कुकित्र्य ढाकछोप गर्न अर्कालाई गाली गर्नमै धेरै समय खर्चिने गरेको उनलाई नजिकबाट जान्नेहरु बताउछन् ।
बारामा यस अघिका प्रहरी प्रमुखसंग हिमचिम गरेर राम्रो रहेको र पछिल्लो पटक गएका प्रहरी अधिकारीले उनलाई आर्थिक रुपमा सहयोग नगरेपछि तस्करी नियन्त्रण गर्ने नाममा आफै बोर्डर पुगेका थिए । ‘नेपाल प्रहरीका सन्तोष तामाङ र सशस्त्र प्रहरीका एसपीले उनलाई खासै महत्व दिएको देखिएन त्यही भएर बोर्डर धाउन लागेका हुन’, जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले भने ।
उनको यो शैलीको विषयमा पञ्चायती शासनको झल्को दिएको भन्दै सांसद कृष्णकुमार श्रेष्ठले कडा आपत्ति जनाएका छन् । संसद्को आकस्मिक समयमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका सांसद श्रेष्ठले सिडिओको व्यवहारले बारा जिल्ला, विशेष गरी आफ्नो निर्वाचन क्षेत्र बारा–४ का जनता र व्यवसायीमाथि अनावश्यक पीडा थोपरिएको भन्दै आक्रोस ब्यक्त गरेका थिए ।
‘बारा जिल्लाका नागरिक, खास गरी मेरो क्षेत्रका व्यवसायी र सर्वसाधारण प्रशासनको ज्यादतीको सिकार बन्न बाध्य छन्,’ श्रेष्ठले भने, ‘म गृहमन्त्रीज्यूमार्फत जिल्ला प्रशासनलाई आफ्नो शैली सुधार्न जोडदार माग गर्छु ।’ उनले सिडिओको रवैयाले जनताको दैनिकी कष्टकर बनेको बताए ।
सांसद श्रेष्ठले गत चैत १ गते राति बाराको जीतपुरमा भएको हवाई फायर काण्डलाई लिएर पनि सिडिओमाथि गम्भीर आरोप लगाए । उनले भने,‘यो घटनामा पीडकलाई संरक्षण र पीडितलाई सास्ती दिने नियत देखिन्छ । पञ्चायतकालीन शैलीलाई पनि उछिनेर सिडिओले काम गरिरहेका छन् ।’ उनले सांसदमार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै जीतपुर घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका छन् ।
श्रेष्ठको अभिव्यक्तिले बाराको प्रशासनिक नेतृत्वमाथि प्रश्न उठ्नुका साथै घटनाको सत्य तथ्य बाहिर ल्याउन दबाब बढेको छ । त्यसो त विवादित छवीका अधिकारीका अनियमिताता बारे धेरै सन्चार माध्यममा समाचार आइरहने गरेको इतिहास साक्षी छ । कतिपय सहकर्मीहरुले अधिकारीका बारेमा ब्यक्तिगत आचारणका बारेमा पनि टिकाटिप्पणी गर्ने गरेको पाइएको छ । बारामा बसेर अनेकन हर्कतमा संलग्न हुँदा पनि अधिकारी अझै बाराको प्रमुख जिल्ला अधिकारीकै रुपमा रहेका छन् ।