काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राज्य, प्रहरी र सञ्चार माध्यहरुप्रती भडास पोखेका छन् । उनले मङ्गलवार पार्टीले काठमाडौंको बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै राज्य र राज्य अन्य निकायहरू प्रति भडास पोखेका हुन् ।

उनले तीनकुनेमा भएको सभालाई विथोल्ने काम प्रहरीकाट भएको बताएका छन् । उनले तीनकुने आन्दोलाई हिंसात्म भन्ने नमिले बताउँदै अहिले देशमा सीमित मिडियाको मात्रै हाली मुहाली नभएको बताएका छन् । उनले चैत १५ गते तीनकुनेमा भएको भाग दौडलाई नेपालमा नाम कहलिएका मिडियाहरूले हिंसात्मक प्रदर्शन भन्नु गलत रहेको बताए । साथै उनले मिडियाहरूलाई प्रदर्शनकारी सँग कुनै पनि हिंसा फैलाउने हातहतियार भएको प्रमाण देखाउन पनि च्यालेन्ज गरे ।
तीनकुने आन्दोलनमा भागेका दुर्गा पर्साँई पक्राउ गर्न नसकेको प्रहरीले सभामा भाषण गरिरहेका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको बताएका छन् । उनले सरकारले आफ्ना पार्टीका नेताहरूलाई जुन किसिमले राखेको छ त्यसलाई आफूले इखका रूपमा लिएको बताएका छन् । साथै उनले तीनकुने घटनाको निष्पक्ष न्यायी छानबिन आयोगको माग गरे ।
तीनकुने आन्दोलनमा भएका क्रियाकलापमा प्रहरीको अन्याय रहको बताउँदै उनले भने, ‘अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ त । हामीले भेटेको खोका, अश्रुग्यासका बोक्रा जहाँ एक्सपाइरी डेट २००८ लेखेको रहेछ । अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक हामीले हानेको अश्रुग्यास कसरी एक्सपाइ हुन्छ भन्छ । प्रहरी प्रहरी भएर बस्नुपर्छ, कुनै राजनीतिक दलको भ्रातृ सङ्गठन भएर बस्ने होइन ।’
लामो समय देखी राज्यमा रहेकाहरूले राज्य र जनताको लागी केही नगरेको आरोप लगाउँदै उनले भने, ‘मैल फेरि पनि भन्छु, नसुध्रने हो भने हामी पनि गोली चलाउँछौँ त भन्दिन । बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्छौँ । यो कुरा याद राख ।’अहिलेको जनता मूर्ख भएर नबस्ने भन्दै उनले सूचनालाई कसैले पनि मुट्ठीमा राख्न नसक्ने जिकिर गर्दै उनले भने, ‘अब जनता मूर्ख भएर बसिराख्दैन । सूचना प्रविधिको यति विकास भएको छ । अब सूचनालाई कसैले आफ्नो मुट्ठीमा राख्न सक्दैन ।’
अहिलेको सरकारले सडमा आएका विभिन्न आन्दोलनकारिहरुका माग सम्बोधन गर्न नसको बताउँदै उनीहरूलाई राप्रपा सहयोग गर्न तयार रहेको पनि बताएका छन् ।
अहिलेको अवस्थामा देशको विकासकालागि देशमा रहेका सबै शक्तिहरु मिलेर जानुको विकल्प नरहेको बताउँदै, लिङ्देनले भने, ‘देश यही अवस्थाबाट अगाडि बढ्न सक्दैन । तर, यही अवस्थामा पनि रहन सक्दैन । देशलाई नयाँ समझदारी आवश्यक छ । शान्तिपूर्ण ढङ्गले सबै राजनीतिक शक्तिबिच नवीन समझदारी गरौँ । हिजोका र अहिलेका राम्रा विषयलाई अनुसरण गरौँ । राजादेखि गणतन्त्रवादी अटाउने व्यवस्था गरौँ । जनता सार्वभौमसत्ताको मालिक हुने गरी राजा देशको अभिभावक हुनेछन् । कार्यकारी प्रधानमन्त्री, प्रदेश नभएको हिन्दु राज्य र बलियो स्थानीय तह बनाएर जाऊँ ।’











