Logo
Logo

नेपाल बार मतगणना अपडेट: अध्यक्षमा विजकुमार मिश्र २२८७ मतले अगाडि


6.1k
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनको मत गणना जारी छ । पछिल्लो मत परिणामअनुसार अध्यक्षमा प्रा डा. विजकुमार मिश्रले झन्डै चारहजार मतसहित अग्रता लिएका छन् ।

मिश्रले अहिलेसम्म तीनहजार ९६४ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले एकहजार ६७७ मतसहित पछ्याउँदै छन् ।

महासचिवमा मिश्रकै प्यानलका केदार कोइराला अगाडि छन् । उनको तीन हजार ७३९ मत हुँदा प्रतिस्पर्धी यज्ञमणि न्यौपाने एकहजार ५७९ मतसहित पछ्याउँदै छन् ।

सबै प्रदेशका उपाध्यक्षसहित सदस्यहरूमा मिश्र प्यालनलकै अग्रता छ ।

प्रतिक्रिया दिनुहोस्