Logo
Logo

नेपाल बार एसोसिएसनको मतगणना स्थगित


8.8k
Shares

काठमाडौँ । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिमा प्रा.डा. विजयप्रसाद मिश्रको प्यानल आउने सुनिश्चित भएको छ ।

अब ललितपुर बार एसोसिएसन केन्द्रको ५६० मत मात्र गन्न बाँकी छ । तेस्रो दिनको मतगणना आजका लागि स्थगित भएको छ । बाँकी रहेको मत भोलि मात्र गणना हुनेछ । भोलि निर्वाचन समितिले मिश्र नेतृत्वको प्यानललाई निर्वाचित भएको घोषणा गर्नेछ ।

निर्वाचन समितिका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाका अनुसार मिश्रले ४ हजार ८९१ मत ल्याउँदा उनका प्रतिस्पर्धी श्रेष्ठले दुई हजार २२९ मत पाएका छन् । दुईबीचको अन्तर दुई हजार ६६३ मत रहेको छ ।

महासचिव पदमा पनि मिश्र प्यानलका वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाको जित निश्चित देखिएको छ।

यस्तै, कोषाध्यक्षमा मिश्र प्यानलकै अधिवक्ता जगतबहादुर कार्की विजयी बन्नेछन्। केही मत गणना बाँकी रहे पनि मिश्र प्यानलका सबै २५ उम्मेदवारले निर्णायक अग्रता बनाइसकेकाले सम्पूर्ण प्यानलको जित सुनिश्चित भइसकेको छ ।

अन्तिम गणना सम्पन्न भएपछि निर्वाचन समितिले बिहीबार आधिकारिक परिणाम सार्वजनिक गर्नेछ । निर्वाचन समितिका अनुसार शनिबार सम्पन्न निर्वाचनमा ७ हजार ९९५ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्