काठमाडौं । नेपाल शिक्षक महासंघले औपचारिक वार्ताका लागि सरकारसँग ठोस जवाफ खोजेको छ।
उसले विभिन्न प्रश्न उब्जाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रष्ट पार्न ध्यानाकर्षणपत्र बुझाएको छ। मन्त्रालयमा जारी अनौपचारिक वार्तामा महासङ्घको प्रतिनिधि मण्डलले बिहीवार शिक्षामन्त्री विद्या भट्टराईलाई उक्त पत्र बुझाएको हो।

सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ध्यानाकर्षणका साथै पुराना सहमति र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाका सूचीसमेत बुझाएको छ।
ध्यानाकर्षणपत्रमा नयाँ शिक्षा ऐन जारी गर्ने सवालमा सरकारको मार्ग चित्र के होरु विगतका सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा आवश्यक निर्णय लिन विलम्ब किन भएको होरु लगायतका विषयमा स्पष्ट पार्न माग गरिएको छ।
महासंघले सरकारसँग वार्ताको वातावरण निर्माणमा यी विषयमा प्रष्टता आवश्यक भएको जनाएको छ।
महासंघका अध्यक्ष लक्ष्मणकिशोर सुवेदीले आजको छलफलमा आफ्ना एजेन्डा बुझाएको बताए। शिक्षकहरू २० चैतदेखि सडक आन्दोलनमा छन् भने सोमवारदेखि देशव्यापी शैक्षिक हडताल घोषणा गरेका छन्।
शिक्षा मन्त्रालयका सूचना अधिकारी नीलकण्ठ ढकालले आजको छलफलले आगामी दिनमा कसरी अघि बढ्ने विषयमा निक्र्योल गर्नसक्ने बताए।