Logo
Logo

एमालेको आज बुटवलमा जागरणसभा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने


630
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीले बुटवलमा आयोजना गर्ने जागरणसभालाई सम्बोधन गर्न आज बुटवल जाँदैछन् ।

राजावादीहरूलाई खबरदारी गर्न भन्दै सत्तारुढ एमालेले बुटवलमा सभा गर्न लागेको हो । प्रधानमन्त्री ओली बुटवलको कार्यक्रममा सहभागी हुने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।

एमालेले देशका ६ स्थानमा गर्ने जागरणसभाअन्तर्गत लुम्बिनी प्रदेशस्तरीयको सभा आज बुटवलमा गर्न लागेको हो । सभालाई सम्बोधान गर्न प्रधानमन्त्रीसहित एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले बताए ।

सभामा एमालेले रुपन्देहीका १६ वटै पालिकासहित नवलपरासी, कपिलवस्तु, पाल्पा अर्घाखाँचीबाट नेता कार्यकर्ता बुटवल ल्याउँदै छ ।

प्रतिक्रिया दिनुहोस्