Logo
Logo

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


819
Shares

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला अघिल्लो दिनको तुलनामा आज ३ हजार ९ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ८१ हजार एक सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला एक लाख ८५ हजार कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

साथै, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार९०० रहेको चाँदीको मूल्य आज प्रतितोला एक हजार ९०५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्