काठमाडौं । मेडिकल व्यवसायी तथा राजावादीहरुको प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंका अंगरक्षक दीपक खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ । दुबै जनालाई झापाको भद्रपुरबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि काठमाडौँ ल्याइँदै गरेको प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले जानकारी दिए ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न गरी राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा फरार रहेका दुबै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रसाईं १५ गतेको घटनापछि भारत फरार भएका थिए ।












