Logo
Logo

दुर्गा प्रसाइँले प्रहरीलाई मार्ने गरी नै गाडी चलाएको देखियो : महेश बर्तौँला


1.1k
Shares

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले चैत १५ गते राजावादीहरुको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईले प्रहरीलाई मार्ने उद्देश्यले गाडी चलाएको दाबी गरेका छन् । शुक्रबारको कानून समितिको बैठकमा बोल्दै बर्तौलाले मार्ने उद्देश्यले प्रहरीमाथि गाडी चढाउन खोज्दासमेत प्रहरीले शालिनता प्रस्तुत गरेको बताएका हुन् ।

‘त्यहाँ ठूलो मानवीय क्षति हुनसक्ने हामीले भिडिओहरुबाट देख्छौं । दुर्गा प्रसाईंजी प्रहरीको नियन्त्रणमा आइपुगेको भन्ने हामीले सुनेका छौं’ उनले भने, ‘कोही कसैलाई पनि उन्मुक्ति नहोस्, कानून बमोजिम कारवाहीको दायरामा ल्याउनले कुरामा सरकारको दृढतापूर्वक पहलकदमी होस् ।’

उनले कहिँ न कहिँ पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जवाफदेहिताको तहमा ल्याइनुपर्ने बताए । प्रमुख सचेतक बर्तौलाले भने, ‘फागुन ७ गते पूर्वराजाले जुन आह्वान गर्नुभयो । उहाँले बेला आएको जनताहरुले साथ दिनुपर्छ भन्नुभएको छ । त्यसपछि घटनाहरु प्रारम्भ भएको देखिन्छ ।’ उनले पूर्वराजाबारे पनि सार्वजनिक प्रश्न उठेको बताए ।

प्रतिक्रिया दिनुहोस्