Logo
Logo

तीनकुने घटनाबारे गृहमन्त्रीले भने- त्यो संविधान च्यात्ने, व्यवस्था मास्ने प्रयास थियो


252
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजावादीहरुले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनलाई ‘संविधान च्यात्ने र व्यवस्था मास्ने’ प्रयासको संज्ञा लिएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
‘त्यो संविधान च्यात्ने, व्यवस्था मास्ने प्रयास थियो’ उनले भने ।

राजसंस्था पुनस्र्थापनाका लागि राप्रपा नेताहरुसमेतको उपस्थितिमा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो । साथै, सार्वजनिक र निजी सम्पत्तिमा तोडफोड तथा आगजनी र लुटपाट हुँदा करोडौको क्षति भएको थियो ।

बैठकमा गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने तर लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्