Logo
Logo

दुर्गा प्रसाइँलाई सरकारी वकिल कार्यालय लगियो


1.7k
Shares

काठमाडौं । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । भारतमा पक्राउ परेका प्रसाईंलाई शुक्रबार झापाको चन्द्रगढी विमानस्थल हुँदै जहाजमार्फत काठमाडौं ल्याइएको हो ।

काठमाडौं ल्याइएपछि जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक कागजात मिलाएर प्रसाईंलाई सरकारी वकिलको कार्यालय लगिएको हो । सरकारी वकिलको कार्यालयबाट प्रसाईंलाई केहीबेरमा जिल्ला अदालत काठमाडौं लगिनेछ । उनीविरुद्ध आजै म्याद थप गर्ने तयारी छ ।

प्रसाइँविरुद्ध ज्यान मार्ने उद्योग लगायतका कसुरमा मुद्दा चलाउने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ । गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि उनी फरार थिए ।

प्रतिक्रिया दिनुहोस्