Logo
Logo

रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दर्ता


2k
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुरको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । शुक्रवार रवि पत्नी निकिता पौडेल आफैँ पुगेर रिट दर्ता गरेको रास्वपा सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् ।

गत चैत २२ गते न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको थियो । बुटवलको सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्