काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नु पर्ने बताएका छन् ।

नेकपा एमालेले शुक्रवार बुटवलमा आयोजना गरेको जनजागरण सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एकजुट हुनु आवश्यक रहेको बताए । उनले प्रतिगामी तत्त्व र राजाले नभई राजनीतिक दलहरूले नै मुलुकलाई अगाडि बढाउने दाबी गरे ।
देशको व्यवस्था बदल्ने उद्देश्यले अघि बढेकाहरू अब मुलुक निर्माणतर्फ लाग्नुपर्नेमा उनले जोड दिए । पौडेलले लुम्बिनी प्रदेशमा प्रधानमन्त्री केपी ओली धेरै विकास निर्माणका कामको शिलान्यास तथा उद्घाटन गरेको बताउँदै ओलीकै नेतृत्वमा मुलुकमा धेरै विकास भएको दाबी गरे ।











