काठमाडौं । दुर्गा प्रसाईं र उनका अंगरक्षकलाई १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रसाईं चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका कमान्डर हुन् । बिहीबार उनलाई भारत आसाम प्रहरीले नियन्त्रणमा लिएर आज शुक्रवार नेपाल-भारत सीमा काँकडभिट्टामा ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएको थियो । प्रहरीले भद्रपुरबाट विमानमार्फत ल्याइ अदालतमा पेस गरेको हो ।











