Logo
Logo

लागू औषधसहित तीन जना प्रहरी नियन्त्रणमा


693
Shares

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–३ स्थित दुर्गा मन्दिर चोकबाट सशस्त्र प्रहरीले लागू औषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। चैत्र २९ गते नियन्त्रणमा परेका व्यक्तिहरू भारत निवासी ४५ वर्षीय अमरजित हरिजन, २५ वर्षीय कपिलदेव सहानी, र २१ वर्षीय दिलीप गौतम रहेका छन् ।

उनीहरू यूपी ५६ के ८६७८ र यूपी ५६ के १९५६ नम्बर प्लेट भएका दुई वटा मोटरसाइकलमा सवार थिए । सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण पश्चिम नवलपरासीका सशस्त्र प्रहरी निरीक्षक सहदेव चौधरीको कमाण्डमा खटिएको टोलीले शङ्का लागि जाँच गर्दा उनीहरूको साथबाट १४९ वटा प्याकेटमा राखिएको ब्राउन सुगर जस्तो देखिने खैरो धुलो बरामद गरेको हो । साथै अन्य केही सामाग्रीहरू पनि फेला परेको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका तीनै जनालाई बरामद गरिएको लागू औषधसहित आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्