Logo
Logo

तीनकुने घटना युवा सङ्घलाई उक्साएर भयो : ध्रुवबहादुर प्रधान


2.1k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानले युवा सङ्घलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उक्साएर तीनकुने घटना गराएको आरोप लगाएका छन् । उनले सो घटनाको जिम्मा सरकारले लिनुपर्ने बताएका छन्।

शुक्रवार प्रतिनिधिसभाको कानुन, न्याय, तथा मानव अधिकार समितिको बैठकमा सांसद प्रधानले यस्तो बताएका हुन् । उनले तीनकुनेको घटना सरकारले नियोजित रूपमा गराएको आरोपसमेत लगाए । 

उनले सरकार आफैँले नियोजित रूपमा घटना घटाएर पार्टीका नेताहरूमाथि झुटो मुद्दा लगाएको आरोप लगाए । देशमा अशान्ति निम्त्याउन सरकार लागि परेको आरोपसमेत उनले लगाएका छन् ।

‘तीनकुने घटनामा सबैखालको उत्तेजित गर्ने काम सरकारले गरेको भनेर आक्षेप लाइरहेको अवस्था हो। हामीले त्यही भनिरहेका छौँ। यो सरकारले नियोजित ढङ्गले गरेको छ। युवा सङ्घहरू जसलाई प्रधानमन्त्रीले भन्नुपर्छ त्यस किसिमको उक्साहट किन लगाइयोरु‚’ उनले भने, ‘पार्टी आफ्नो कार्यक्रमहरू गर्न सक्छ तर यहाँ कसैको आस्थालाई कसैले मार्न सक्ने कुरा होइन। त्यसमा पनि अस्पतालका विरामी हेर्न गएका सांसद धवल समशेरलाई पक्राउ गरियो, उपाध्यक्ष रविन्द्र मिश्रलाई पक्राउ गरेर सङ्गठित अपराध, राष्ट्रद्रोहका मुद्दाहरू लगाउने काम गरिँदै छ। यो सबै सुरक्षाकर्मीले गर्दैन‚ यो सबैले निर्देशित हो।’

प्रतिक्रिया दिनुहोस्