Logo
Logo

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा.इन्द्रप्रसाद तिवारी नियुक्त


693
Shares

काठमाडौं । गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा।डा। इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई शुक्रवार कुलपति नियुक्त गरेका हुन् ।

कुलपति बन्ने अन्तिम छनोटमा परेका ३ जनाबाट पोखरा विश्वविद्यालयका पूर्वउपकुलपतिसमेत बनिसकेका तिवारीलाई मुख्यमन्त्री पाण्डेले कुलपति नियुक्त गरेका हुन् । उनीसँगै प्रा।डा। विश्वकल्याण पराजुली र सरोज कोइराला कुलपतिका आकाङ्क्षी थिए ।

कुलपति प्रा।डा। गणेशमान गुरुङको फागुन ४ गते ५ वर्षीय कार्यकाल सकिएसँगै अर्का कुलपतिका लागि दरखास्त आह्वान भएको थियो । २०७६ सालमा ऐन बनाएर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले विश्वविद्यालय स्थापना गरेको थियो ।
विश्वविद्यालयलाई स्वयत्त र सरकारको प्रभाव नपार्ने हेतुले नै गण्डकीमा ऐनमै पूर्णकालीन शैक्षिक क्षेत्रको कुलपतिको व्यवस्था गरिएको छ ।

विश्वविद्यालयको कुलपति बन्न ७ जनाले आवेदन दिए पनि ५ जनाको नाम स्वीकृत भएको थियो भने छनोट समितिले अन्तिम ३ जनाको नाम मुख्यमन्त्री पाण्डेलाई बुझाइसकेको थियो ।

विश्वविद्यालय न्यासिक परिषद् अध्यक्ष प्रा.डा. कैलाशनाथ प्याकुरेलको संयोजकत्वमा प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यासिक परिषद सदस्य डा. यमुना घले सदस्य रहेको छनोट समितिले ३ जनाको नाम बुझाएका थिए ।

कुलपति बन्न आवेदन दिनेमा प्रा।डा। कुसुमाकर न्यौपाने र प्रा।डा। नवराज देवकोटा समेत थिए । तर उनीहरू पनि अन्तिम प्रतिस्पर्धाबाट बाहिरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्