काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)मा आजको खेलमा चेन्नई सुपर किंग्स (CSK) र कोलकाता नाइट राइडर्स (KKR) खेल्दै छन् । खेल चेन्नईको चेपकस्थित एमए चिदम्बरम स्टेडियममा हुने छ ।
चेन्नई सुपर किंग्स(CSK) हाल अङ्क तालिकामा ९ औँ स्थानमा रहेको छ । चेन्नई सुपर किंग्सले आफ्नो पहिलो पाँच खेलमा केवल एक जित हासिल गरेको छ । कोलकाता नाइट राइडर्स (KKR) दुई जित र तीन हारसहित छैटौँ स्थानमा छ ।
चोटका कारण रुतुराज गायकवाड बाहिरिएपछि, एमएस धोनीले सीएसकेको लागि कप्तानीको जिम्मेवारी पुनः सुरु गरेका छन् ।
आईपीएलको इतिहासमा, सीएसके र केकेआर ३० पटक आमनेसामने भएका छन् । सीएसकेले १९ खेल जितेको छ भने केकेआरले १० खेलमा जित हासिल गरेको छ, जसमध्ये एउटा खेलको नतिजा आएको छैन। खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा सुरु हुने छ ।











