Logo
Logo

संविधान संशोधन सहमतिमा हुनुपर्छ, दम्भमा होइन : सञ्चारमन्त्री


441
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आम सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन् ।  शुक्रवार रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै गुरुङले संविधान संशोधन सबैको दायित्व र अपनत्वको विषय भएकाले सबैको सहमतिमा संशोधन हुने बताएका हुन् ।

मन्त्री गुरुङले दुईतिहाई दम्भमा संविधान संशोधन गर्न खोजेको भन्ने कुरामा कुनै सत्यता नरहेको उल्लेख गरे । उनले कांग्रेस–एमालेबिच कार्यदल बनाएर करिब १० वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दाको सबल र दुर्बल पक्षको समीक्षा गर्दै विषयहरू पहिल्याउने कार्य भइरहेको जानकारी दिए । 

गुरुङले संशोधनका लागि पहिचान भएका साझा विषयहरूलाई साझा एजेण्डा बनाउँदै प्रतिपक्षी दलहरूसँग छलफल हुने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्