काठमाडौं । अहमद हिजाजीले सानदार ह्याट्रिक गरेपछि काठमाडौं रेजर्सविरुद्ध ३–१ को पुनरागमन जित निकाल्दै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) २०२५ को शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा हिजाजीले पहिलो हाफमा दश मिनेट अन्तरमा ह्याट्रिक गरेपछि धनगढीले पुनरागमन गर्दै ३ अङ्क जोडेको हो ।
जितपछि ४ खेलबाट ८ अङ्क जोडेको धनगढी समान अङ्क भए पनि गोल अन्तरमा ललितपुर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ । काठमाडौंको यो दोस्रो हार हो । यस हारपछि काठमाडौंको प्लेअफ पुग्ने यात्रामा कमजोर बनेको छ । काठमाडौंले अब चितवनसँग अन्तिम खेल खेल्न बाँकी छ । सो खेल जिते पनि ८ अङ्क मात्र हुनेछ । यस्तोमा काठमाडौंले अन्य खेलको नतिजा पनि कुर्नुपर्नेछ ।











