Logo
Logo

काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा


630
Shares

काठमाडौं । शनिबार बिहानैदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । अहिले काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा
भइरहेको छ ।

बागमतीको अलावा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो सुदूरपश्चिम र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा पूर्णदेखि आंशिक बदली हुनेछ ।

देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव थपिँदा विभिन्न स्थानमा वर्षा भएको हो ।

प्रतिक्रिया दिनुहोस्