Logo
Logo

कांग्रेस सत्तामा छ, सरकारमा छैन : शेखर कोइराला


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विश्व डरलाग्दो अवस्थामा अघि बढेको बताएका छन् । शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै नेता कोइरालाले अहिले शक्तिशाली राष्ट्रबीच र विश्वभर देखिएको ट्यारिफ युद्ध निकै खतरनाक भएको बताएका हुन् ।

फाइल फोटो

ट्रयारिफ युद्ध तेस्रो विश्वयुद्धभन्दा पनि ठूलो हुने उनको बुझाइ छ । ‘विश्व जसरी ट्रयारिफ वारमा गइराखेको छ, त्यसले नेपाल अछुतो रहन सक्दैन’, नेता कोइरालाले भने, ‘अमेरिका र चीनको ट्यारिफको युद्ध भइरहेको छ, सबै देशमा भइरहेको छ । यो तेस्रो वल्र्डवारभन्दा ठूलो होला जस्तो देखिन्छ ।’

यस्तो अवस्थामा नेपालले पनि सोच्नुपर्ने बेला आएको उनले बताए । नेपालको स्वास्थ्य संस्थामा कसरी सुलभ सेवा दिने भन्नेबारे पनि सोच्नुपर्ने बेला भएको उनको भनाइ छ ।

साथै, उनले कांग्रेस सत्तामा भएपनि सरकारमा नभएको दोहोराए । नेता कोइरालाले अहिले सहकार्य भएको एमाले नै कांग्रेसको प्रतिस्पर्धी भएकोले सरकारलाई खबरदारी गर्नुपर्ने बताउँदै भने, ‘पटक–पटक भन्ने गरेको छु । हामी सत्तामा छौं, सरकारमा छैनौं है । किनभने प्रतिस्पर्धी एमाले नै हो । एमालेसित सहर्काय गरेर अगाडि बढिराखेका छौँ ।’

उनले संविधान संशोधन गर्ने भन्ने कुरा सेलाएको गएको बताउँदै भने, ‘संविधान पुनर्वलोकन गर्ने कुरा हो । यसमा ढिलाई नगरौँ । ढिलाइ भए सडक आक्रोशित हुन्छ ।’ यो सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणको नारा लिइएको भएपनि यो दुवै नभएको र दण्डहीनता बढिरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्