Logo
Logo

हङकङसँगको खेल रद्द हुँदा नेपाल र कुवेत फाइनलमा


1.2k
Shares

काठमाडौं । हङकङमा जारी चार देशीय टी-२०आई क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन् । शनिवार नेपाल र हङकङबीचको समूहको अन्तिम खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अङ्क बाँडेका हुन् ।

३ खेलमा २ जित र १ खेल नतिजाविहीन भएपछि नेपालको ५ अङ्क भयो । एक खेल मात्र जितेको हङकङको ३ अङ्क छ । नेपाल समूहमा पहिलो हुँदै फाइनल खेल्ने पक्का भएको हो । यसअघि कुवेतले कतारलाई हराएर ४ अङ्क जोड्दै नेटरनरेट पनि बढाएपछि यो खेल निर्णायक बनेको थियो ।

खेलमा टस हारेर पहिले ब्याटिङ थालेको हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो । त्यसको केहीबेरमा वर्षा रोकिएर कभरहरू हटाएपछि प्रकाश कम रहेकाले खेल सुरु हुन ढिलाइ भएको थियो र फेरि पानी पर्न थालेपछि खेल सुरु भएन । नेपालले पहिलो खेलमा कतारलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्