Logo
Logo

‘आफ्नै देशमा केही गर्नुपर्छ भनेर अष्ट्रेलियाबाट फर्केँ’


7.6k
Shares

दीक्षा ढकाल अष्ट्रेलिया पुगिन् । तर, दीक्षाको मन अष्ट्रेलियामा अडिन सकेन । अष्ट्रेलियामा उनको रामै्र कमाइ र दिनर्चा चल्दैथियो । तर, उनलाई लाग्यो, ‘आफ्नै देशमा केही गर्नुपर्छ ।’ त्यही सोच र उद्देश्य लिएर अष्ट्रेलियाको सान्दार दिनचर्या त्यागेर नेपाल फर्किए दीक्षा अहिले फेसन डिजाइनिङ क्षेत्रमा रमाइरहेकी छन् । ‘भिकुना’ नामक बुटिक सञ्चालन गर्दै आएकी दीक्षाले फेसन क्षेत्रबाट नाम र दाम कमाइरहेकी छन् । उनी भन्छिन्, ‘म फेसन क्षेत्रबाट सन्तुष्ट छ । यहीबाट मैले नेम र फेम पाएकी छु ।’ ‘बिजनेश’मा मास्टर डिग्री गरेकी फेसन डिजाइनर दीक्षा ढकालसँग रजिना पाण्डेको जम्काभेट :

फेसन डिजाइनर बन्ने रहर किन लाग्यो ?
साँच्चै भन्नुपर्दा मलाई फेसनप्रतिको रुचि बाल्यकालदेखिकै हो । फेसन डिजाइनर बन्ने रहर भएर पनि पढाईले गर्दा समय मिलेको थिएन । अष्ट्रेलियाबाट फर्केपछि मेलै आईआईएफटी फेसन एण्ड ईन्टेरियल डिजाईनर सम्बन्धि कोर्ष गरिरहेको छु भने आफनै बुटिक भिकुना पनि चलाइरहेको छु ।

अहिले फेसन क्षेत्र कडा प्रतिस्पर्धा छ है ?
हरेक क्षेत्रमा प्रतिस्पर्धा छ । यहाँ एकअर्काको प्रतिस्पर्धामै सबैले आ–आफनो भाग्य अज्माइरहेका छन् । म पनि प्रतिस्पर्धामा नै अव्बल बन्ने प्रयास गरिरहेकी छु ।

हिजोआज कतिको व्यस्त हुनुहुन्छ ?
व्यस्त नै छु । बुटिकमा खाली बस्नुपरेको छैन । विवाहका लागि ब्राइडल सेटहरुको अर्डरहरु त छँदैछ । साथै, सेलिबे्रटी तथा मोडलहरुका लागि पहिरनहरु डिजाइन गरिरहेकी छु । केही चलचित्रका लागि पनि कुरा भइरहेको । चाँडै चलचित्रमा पनि कपडा डिजाइनरको काम गर्दैछु ।

तपाइँको बुटिकमा कस्ता खालका ग्राहक बढी छन् ?
सामान्यदेखि सेलिबे्रटीहरु सबै छन् । म सबैलाई फोकश गरेरै कपडा बनाउँछु । कति त आफँै डिजाइन लिएर आउनुहुन्छ । त्यो पनि तयार गर्छु । बजारमा चलेको डिजाइन त छँदैछ । त्यसबाहेक टे«डिसनल कपडा र डिजाइनहरु पनि तयार गर्छु ।

बुटिकमा कपडा सिलाउँदा महँगो हुन्छ भन्छन् नि ?
अलि कति खर्च बढी हुन्छ । तर, महँगो नै भनेर हायर नै गर्न नसकिन्ने भन्ने हुँदैन । आफनो क्षमता अनुसार बुटिकमा कपडा बन्छ । सामान्य पसलमा पनि त गएपछि आपनो क्षमता अनुसार समान किन्छौँ ।

फेसन डिजाइनिङमा युवा पुस्ताको आकषर्ण बढ्दो देखिन्छ, किन ?
आजका मान्छेहरु फेसन भनेपछि हुरुक्कै हुन्छन् । यो मान्छेको सौख पनि हो । अहिले सबै जना आफुलाई आकर्षक चाहन्छन् । त्यसैले फेसनको बजार पनि बढ्दैछ । यस सँगै केही गरौँ भन्नेहरु यो क्षेत्रमा आकर्षित भइरहेका छन् । फेसन डिजाइनिङ भनेको नेम र फेम एकैसाथ कमाउने व्यवसायी पनि हो ।

सामान्य फेन्सी पसल र बुटिकमा कपडा सिलाउँदा फरक के हुन्छ ?
दाममा फरक नभएपनि सिलाइ र गुणास्तरमा फरक पर्छ । बुटिकमा आफूले चाहे जस्तो कपडा तयार गर्न सकिन्छ । तर, त्यो फेन्सीमा पाइँदैन ।

तपाइँ कतिको फेसन गर्नुहुन्छ ?
म समय अनुसारको फेसन गर्छु । अरुलाई पनि सल्लाह दिन्छु किनकि, फेसनले एक्टिभ गराउँछ । फूर्तिलो र आकर्षक देखाउँछ ।

धेरै युवाको सपना हुन्छ अष्ट्रेलिया जाने । तर, तपाइँ फर्कनुभयो नि ?
सबै युवाको सोच र सपना जस्तै म पनि पढाइका साथै कामको खोजिमा अष्ट्र्लिया गएकी थिएँ । तर, त्यहाँ गएपछि मिहिनत र लगनशिल भएर काम ग¥यो भने आफ्नै देशमा पनि केही गर्न सकिन्छ भन्ने लागेर म फर्केकी हुँ । मेरो सानैदेखि फेसन डिजाइनर बन्ने रहर र रुचि थियो । नेपाल फर्केपछि बुटिक खोलेकी हुँ । अहिले म यही क्षेत्र रमाइरहेकी छु । आधा दर्जन जतिलाई रोजगार पनि दिएको छु ।

अष्ट्रेलियाको सुख सुविधा त्यागेर आएकोमा पछुतो लागेको छैन ?
छैन । सबै कुरा सोचेरै नेपाल फर्केकी हुँ । आफनै देशमा केही गरौँ भनेरै नेपाल नेपाm फर्के । मेरो पारिवारिक व्याकराउण्ड पनि विजनेस नै हो । मेरो दादा, ममी र बाबाले पनि ‘तिमी नेपालमै केही गर्न सक्छौं’ भनेर हौसला दिएपछि यो काम गरेकी हुँ ।

अहिले आफनो कामबाट सन्तुष्टि हुनुहुन्छ ?
सुन्तुष्ट नै छु । बुटिकमा सञ्चालन गरेको एक बर्ष भइसक्यो । राम्रै छ । आधा दर्जनलाई काम दिएको छु । अझै बुटिकलाई मार्केटमा लाने सोच बनाएकी छु । बुटिकका लागि मोडल पनि हायर गर्ने सोच छ । यो मेरो उपलब्धी नै हो ।

परिवारिक सपोर्ट छ कि छैन ?
विवाह अगाडि दादा, ममी र बाबाको साथ थियो । विवाहपछि श्रीमानको पनि राम्रो साथ र स्पोर्ट पाएको छु । मलाई सबैको सपोर्ट छ ।

भविष्यको योजना के छ ?
अहिले यही बुटिकलाई नै निरन्तर दिने सकियो भने ठाउँ ठाउँमा भिकुनाको ब्रान्ड बनाउने सोच छ । हेरौँ, समयले कता पु-याउँछ ।

प्रतिक्रिया दिनुहोस्