काठमाडौं । गत चैत २० गतेदेखि प्रदर्शन गरिरहेका शिक्षकहरूको आन्दोलन निरन्तर जारी रहेको छ । आन्दोलनरत शिक्षकहरू शनिवार (आज) सडकमै बसेर प्रदर्शन गरिरहेका छन् । बबरमहल–बानेश्वर सडक खण्डमा शिक्षकहरूले बसेरै प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको छ ।

माइतीघर मण्डलाको बबरमहल जाने तर्फको पूरै सडक प्रभावित बनेको छ । साथै शिक्षकहरूले सरकारले माग सम्बोधन नगरेमा अरु सडक पनि पुरै जाम गर्ने चेतावनी दिएका छन् । शिक्षक महासङ्घको नेतृत्वमा आन्दोलन भइरहेको हो । महासङ्घले आन्दोलन र वार्ता सँगसँगै लगेको छ ।
बिहीबार र शुक्रवार वार्ता भएको थियो । आज पनि वार्ताको तयारी भइरहेको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मुख्य मागसहित शिक्षकहरू सडक आन्दोलनमा उत्रिएका हुन् । सरकारले शिक्षकहरूमाका माग सम्बोधन गरिने र सडकमा आन्दोलन गरिरहनु आवश्यक नरेको बताएको छ । शिक्षकहरूमा माग सम्बोधनको लागि सरकारले संविधान संशोधन गर्नु पर्ने देखिएको छ ।











