Logo
Logo

झापामा एमाले कमजोर देखियो : केपी ओली


3.7k
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उद्गम स्थल झापामा सङ्गठन कमजोर हुँदै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । गृहनगर दमकमा आयोजित ‘प्रदेश जागरण सभा’लाई सम्बोधन गर्दै उनले झापा जिल्लाको ऐतिहासिक राजनीतिक पृष्ठभूमि स्मरण गर्दै वर्तमान सङ्गठनात्मक अवस्थाप्रति असन्तुष्टि पोखेका हुन् ।

ओलीले झापा आन्दोलनदेखि स्ववियु सङ्घर्षसम्मको इतिहास उजागर गर्दै, एमालेको बलियो आधार क्षेत्र मानिने झापामा हाल जनमत खस्कँदै गएको संकेत गरे ।  ‘झापा हाम्रो उद्गम स्थल हो, जहाँबाट हामीले राजनीतिक सङ्घर्षको थालनी गरेका थियौं,’उनले भने, ‘तर आज त्यही ठाउँबाट सङ्गठन कमजोर देखिनु दुःखद छ ।’

ओलीले विगतमा झापामा स्ववियु गठन गर्दा पक्राउ परेर जेल जानुपरेको प्रसङ्ग उठाउँदै अहिले त्यही ठाउँमा पार्टी कमजोर देखिनु गम्भीर चुनौती भएको टिप्पणी गरे । उनका अनुसार एमालेले झापा जस्तो राजनीतिक रूपमा सचेत जिल्लामा जनस्तरमा पकड गुमाउँदै जानु सङ्गठनभित्रको कमजोरी हो ।

ओलीले नेता कार्यकर्तालाई अब नयाँ जोश र जाँगरका साथ अघि बढ्न आह्वान गर्दै पार्टी कमिटीहरूलाई चुस्त बनाउन निर्देशन दिए । जनवर्गीय संगठनहरूलाई ‘सिर्जनात्मक रूपमा परिचालन गर्नुपर्ने’ बताउँदै उनले भने, ‘जनवर्गीय सङ्गठनहरू शीरमा लगाउने ताज मात्रै होइनन्, तिनीहरूलाई जनसम्पर्क र प्रभावको माध्यम बनाउनु आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्