भैरहवा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को केन्द्रीय अध्यक्षमा लक्की चौधरी निर्वाचित भएका छन् । अर्का, अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि लक्की चौधरी निर्विरोध निर्वाचित भएका हुन् ।

रुपन्देहीमा जारी फोनिजको यस आठौं राष्ट्रिय महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा सरू रानामगर निर्वाचित भएकी छन् । वरिष्ठ उपाध्यक्षमा एक्लो उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन् । लेखा समिति संयोजकमा गजेन्द्र राई निर्वाचित भएका छन् ।
यस्तै, प्रदेश १ को प्रदेश इन्चार्जमा राई निर्वाचित भएका छन् भने लुम्बिनी प्रदेशको इन्चार्जमा राजेन्द्र गुरुङ निर्वाचित भएका छन् । उपाध्यक्ष, महासचिव, सचिव र खुल्ला सदस्यमा भने आज निर्वाचन हुने बताइएको छ ।
लुम्बिनीमा आयोजित महाधिवे्शनमा फोनिजकका संघीय समिति, ८ प्रदेश, ६६ जिल्ला, ८ जातिय संस्थागत सदस्य र ८ प्रवास समितिबाट ५१७ जना प्रतिनिधिहरु तथा पर्यवेक्षकहरू उपस्थित छन् ।