Logo
Logo

यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा आज नेपालले यूएईसँग खेल्दै


630
Shares

काठमाडौं । आईसीसी यू–१९ विश्वकपको एसिया छनोट आजदेखि काठमाडौंमा सुरु हुँदैछ । मुलपानीस्थित मैदानमा सञ्चालन हुने छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै छ । खेल बिहान साढे ९ बजेदेखि तल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।

अघिल्लोपटक नेपालले यूएईमाथि नै रोमाञ्चक जित निकालेर विश्वकपमा छनोट भएको थियो, जतिबेला दिपेश कँडेलले म्याच विनिङ ह्याट्रिक लिएका थिए ।

यसपटक अफगानिस्तान पनि छनोटमा तानिएको छ । छनोटअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपालले अफगानिस्तानसँग ३ खेलको शृंखला खेलेको थियो जहाँ २ खेल गुमाउँदा १ खेल जितेको थियो ।

नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोटबाट शीर्ष हुने टोली आगामी वर्षको यू–१९ विश्वकपमा छनोट हुने छन् ।

प्रतिक्रिया दिनुहोस्