Logo
Logo

पूर्वप्रहरी महानिरीक्षक प्रदीपशम्शेर राणाको निधन


3k
Shares

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक प्रदीपशम्शेर राणाको निधनको निधन भएको छ । ७८ वर्षीय राणाको गएराति निधन भएको परिवारिक स्रोतले जनाएको छ ।

उनका छोरा एसएसपी दीपसमशेर राणाका अनुसार उनी विभिन्न रोगका कारण उपचाररत थिए । राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

राणाले २०५७ असोजदेखि २०५९ पुससम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । उनकै कार्यकालमा सशस्त्र प्रहरी बलको स्थापना हुँदा सङ्गठनका थुप्रै कर्मचारी उक्त संगठनमा समायोजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्