सिरहा । नेकपा एमाले सिराहा जिल्ला अध्यक्षमा अशोक यादव सर्वसम्मत चयन भएका छन् । चैत २६ गतेदेखि चलेको अधिवेशनले यादवको नेतृत्वमा १३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

यसअघि यादव पार्टीका उपसचिव थिए । ११औं जिल्ला अधिवेशनअन्तर्गत शनिबार नयाँ कार्यसमिति निर्वाचित गरिएको थियो । अधिवेशनबाट नवीन यादव उपाध्यक्ष निर्वाचित भएका छन् । उनी यसअघि पनि उपाध्यक्ष थिए ।
यस्तै, अधिवेशनले प्रदीप महासेठलाई सचिव निर्वाचित गरेको छ । खुला उपसचिवतर्फ शिवशंकर महतो र महिला उपसचिवमा खेमलक्ष्मी श्रेष्ठ निर्वाचित भएकी छन् । गत २६ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए ।