Logo
Logo

चलचित्र ‘मुन्धुम’ धमाधम छायाँकन हुँदै


13.7k
Shares

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मुन्धुम’ निर्माण भइरहेको छ । यो चलचित्र अहिले पूर्वी नेपालको विभिन्न स्थानमा छायाँकन भइरहेको छ ।

गत चैत २१ गतेदेखि संखुवासभा र ताप्लेजुङलगायत विभिन्न ठाउँहरुमा छायांकन भैरहेको चलचित्रलाई प्रकाश सुब्बाले निर्देशन गरिरहेका छन् । यो चलचित्र लिम्बू समुदायको साम्सामा (मृतात्माको यात्रा)बारे बन्न लागेको बताइएको छ ।

फक्ताङ्लुङ फिल्म्स प्रा.लि.द्वारा निर्मित चलचित्रमा प्रेम सुब्बा, अप्सरा सेर्मा, राज थापा काउचा, सागर केरुङ, विजय संयक, पुर्ण लिम्बू, सञ्जु थलङ, सागर सिङगल, सुदिप थक्लुङ लगायतको अभिनय रहेको छ ।

याक्थुङ जातिको शास्त्र मुन्धुममा आधारित चलचित्रलाई गंगामणि राईले छायांकन गरिरहेका छन् भने कार्यकारिणी निर्माता आयुब केसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्