Logo
Logo

नयाँ सरकार बन्ने प्रचण्डको संकेत- नयाँ वर्षले केही न केही निकास लिएर आउँछ


5.5k
Shares

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत गरेका छन् । आइतबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यो सरकार धेरै अगाडि जान सहज नभएको बताए ।

नयाँ वर्षमा नयाँ सरकारको सम्भावनाबारे पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा देखिइराख्या छ । त्यसकारण कुनैपनि सम्भावना छ ।’

वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरु पनि सडक रहेको दाबी गर्दै प्रचण्डले भने, ‘नयाँ वर्षले केही न केही निकासचाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’

एक टेलिभिजन अन्तर्वार्तामा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्नसक्ने संकेत गरेका थिए । तर, त्यसबारे उनले थप प्रष्ट्याउन चाहेनन् । आफूले पहिलेदेखि नै यही कुरा गरेको र अहिले नयाँ घटनाक्रम विकसित भएको बताउँदै अब देश त्यतैतिर जाने भन्दै प्रचण्डले भने, ‘पछिल्लोपटक घटनाक्रमहरु नयाँ भए । केही नयाँ अनुभवसहित भनेको हो मैले । केही नयाँ कुराको आधारमा मैले त्यो कुरा भनेको हो । मलाई लाग्छ, त्यही दिशातिर देश जान्छ ।’

यद्दपि, सरकारमा जानेबारे माओवादी केन्द्रले ध्यान नदिएको उनले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्