काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको उपाधि जित्न नेपालले १७५ रनको लक्ष्य पाएको छ ।
आइतबार नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो । कुवेतका लागि ओपनर रविजा सन्दारुवानले सर्वाधिक ६० रन बनाए ।

क्लिन्टो एन्टोले २६, मिट भावसार १६ र मोहम्मद उमर अब्दुल्लाले २३ रनको योगदान दिए । बलिङमा नेपालका नन्दन यादव र सोमपाल कामीले २–२, करण केसी र कुशल भुर्तेलले एक–एक विकेट लिए ।