Logo
Logo

२०८१ मा नेपाली खेलकुदले के पायो के गुमायो ?


315
Shares

काठमाडौं । नेपाली खेलकुदका लागि वर्ष २०८१ उपलब्धि, संघर्ष र बेवास्ताको मिश्रणका रूपमा याद रह्यो । एकातर्फ खेलाडीहरूको अनुशासन, समर्पण र मेहनतबाट ऐतिहासिक कीर्तिमानहरू कायम भए, अर्कोतर्फ खेल प्रशासनको लापरबाही, नीति अभाव र अदूरदर्शिताले निराशा थप्यो ।

वर्षको सबैभन्दा ऐतिहासिक सफलता पलेशा गोवर्धनको कास्य पदक थियो । उनले फ्रान्समा सम्पन्न पेरिस पारालिम्पिक्स अन्तर्गत के–४४ वर्गको ५७ केजीतौल समूहमा नेपाललाई पहिलोपटक ओलम्पिक वा पारालिम्पिक्स खेलमा पदक दिलाइन् । नेपालले विगत ६ दशकदेखि सहभागिता जनाए पनि कुनै पदक हात पार्न सकेको थिएन । पलेशाको यो सफलता सम्पूर्ण नेपाली खेलकुदका लागि प्रेरणादायी बन्यो ।

तर अर्कोतर्फ, राष्ट्रिय खेलकुद प्रतियोगिताजस्तो महत्वपूर्ण कार्यक्रम दुईपटक स्थगित भयो । मङ्सिरमा आयोजना हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पुनः चैत्रमा सारिएको थियो, तर त्यो पनि सम्पन्न हुन सकेन । औपचारिक रूपमा बजेट अभाव देखाइए पनि, यसको मूल कारण नेतृत्वको अदूरदर्शिता र खेललाई प्राथमिकता नदिनु हो । यसले खेलाडीहरूको मनोबलमा गम्भीर असर पा¥यो र केहीले विदेश पलायनसमेत रोज्नुप¥यो ।

१२ असोजमा भएको सिस्नेरी दुर्घटनाले नेपाली फुटबलको व्यवस्थापनप्रतिको गम्भीर प्रश्न खडा ग¥यो । मकवानपुरमा प्रशिक्षणरत ६ बालखेलाडीको ज्यान गएको घटनामा एन्फाको लापरबाही स्पष्ट देखियो । पहिरोको जोखिम रहेका ठाउँमा प्रशिक्षण जारी राख्नु र पूर्वसूचना हुँदाहुँदै पनि सुरक्षाका लागि कदम नचाल्नु लापरबाहीको चरम उदाहरण हो ।

यता, ए डिभिजन लिग वर्षभरि आयोजना नहुनुले फुटबल खेलाडीहरूलाई न पेशागत अवसर मिल्यो, न त आर्थिक । यसले नेपाली फुटबलको भविष्यप्रति गम्भीर शंका उत्पन्न गराएको छ ।

क्रिकेटमा भने केही उत्साहजनक पक्षहरू देखिए । नेपाल प्रिमियर लिग (एनपिएल) सुरु भयो, जसमा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको सहभागिता रह्यो । अघिल्लो वर्षहरूमा विदेशिएका खेलाडीहरू पनि स्वदेश फर्किए, जसले आशा जगायो । तर राष्ट्रिय टोलीको प्रदर्शन भने निराशाजनक रह्यो । लिग टु अन्तर्गत खेलेका १२ खेलमध्ये नेपालले मात्र २ खेल जित्न सकेको छ, जसले ओडिआई स्ट्याटसमै संकट उत्पन्न गराएको छ ।

अर्को उत्साहजनक पक्ष भनेको खो खो विश्वकपमा नेपालले देखाएको प्रदर्शन हो । इतिहासमै पहिलोपटक फाइनल पुग्न सफल नेपाली पुरुष र महिला टोली उपविजेता बने । भारतसँग हार बेहोर्नुपरे पनि, फाइनलसम्मको यात्रा नेपाली खेलकुदको इतिहासमै उल्लेखनीय रह्यो ।

चर्चा चुलियो, उपाधिमा चुक्यो
२०८१ सालमा नेपाली महिला फुटबल टोलीले निक्कै चर्चा कमायो । साफ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई हराएको थियो । जहाँ नेपाली टोलीको निकै चर्चा भएको थियो । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उपाधि भिडन्तमा नेपालले बङ्गलादेशसँग पराजित बनेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनलमा नेपालमाथि बङ्गलादेशले २९१ गोलको जित निकालेको हो । त्यो दिन नेपाली र खेलाडीहरुको अनुहारमा चाम र निराशा दुवै थियो ।

नेपालले बङ्गलादेशसँग २०२२ को संस्करणको फाइनलमा पनि ३९१ गोलको पराजय भोगेको थियो । नेपाल साफको उपाधि भिडन्तमा बङ्गलादेशसँग दुई पटक र भारतसँग चार पटक पराजित भइसकेको छ । जसको पिडा यो वर्ष पनि थपियो ।

नेपाली महिला टोली अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पराजित भएको यो १२ औँ पटक हो । नेपाल १२ औँ फाइनलमा पराजित हुँदा फेरि पनि उपविजेतामै सीमित बन्यो । नेपालका लागि सो खेलामा अमिषा कार्कीले एक गोल गरेकी थिइन् ।

यस्तै यही वर्ष घरेलु मैदानमा चार देशीय फुटबल प्रतियोगिता खेल्यो जहाँ पनि नेपालको पुरानै शेली सबै जित्ने र फाइन हार्ने दोहोरियो । उक्त खेलमा नेपालले लेबनान र किर्गिस्तानलाई हराएको थियो । म्यानमारसँग एक खेल बराबरी गरेको थियो । बराबरी गरेको म्यानमार नै फाइनलमा पुग्यो, जहाँ नेपाले फेरी म्यानमारसँग पराजित हुन पुग्यो ।

पछिल्लो समयको नेपाली महिला टोली निकै बलियो र ब्यालेन्स टोलीको रूपमा उदाएको छ । नेपाली महिला खेलको असर गा्रउडमा मात्रै नभई वरियतामा पनि परेको छ । फिफा वरियतामा निकै पछाडि रहेको नेपाल फिफा वरियता ९९ औँ स्थानमा उक्लिएको छ । चार देशीय फुटबल प्रतियोगिता पछि मात्रै नेपालले आफ्नो चार अङ्क सुधार गरेको हो ।

‘साम्बा’ उपनामले चिनिने सावित्रा भण्डारी नेपाली महिला फुटबलको चम्किलो तारा जो चर्चामा रहन्छीन् । उनी दक्षिण एसियाकै एक चर्चित स्ट्राइकर मानिन्छन् । नेपालका लागि ३८ गोल गर्दै कीर्तिमान बनाएकी सावित्राले भारतको लिगमा समेत सफलता हात पारेकी छन् ।

सन् २०१४ मा भुटानविरुद्ध १७ वर्षको उमेरमा डेब्यु गरेकी सावित्राले दुई मिनेटमै पहिलो गोल गरेकी थिइन् । २०१६ मा भारतमा भएको साफ च्याम्पियनसिपमा १२ गोल गर्दै चर्चा कमाएकी उनी २०१९ मा नेपालमै भएको प्रतियोगितामा सर्वाधिक गोलकर्ता बनिन् ।

फिफाले “खाली खुट्टादेखि चमत्कारिक खेलाडीसम्मको यात्रा” शीर्षकमा उनको यात्रा समेटेको लेख सार्वजनिक गरेको छ । यसबाट थाहा हुन्छ नेपाली महिला फुटबलको चर्चा कति हुन्छ भन्ने ।

प्रतिक्रिया दिनुहोस्