Logo
Logo

बालुवाटारमा ओली, प्रचण्ड र नेपालीच त्रिपक्षीय छलफल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौँ, १ साउन ।

भोलिको स्थायी कमिटी बैठक सुरु गर्ने विषयमा सहमति जुटाउन नेकपाका तीन शीर्ष नेता संवादमा जुटेका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा छलफल जारी छ ।

मंगलबार र बुधबार दुई अध्यक्ष ओली र दाहालबीच भएको छलफलमा विवाद समाधानमा ठोस सहमति नभएपछि बिहीबार नेपालसहितको त्रिपक्षीय संवाद सुरु भएको हो ।
ओलीले राजिनामा दिनुपर्नेमा प्रचण्ड र माधव नेपाल अडिग छन् । तर, पार्टी फुट्ने अवस्था आउन लागेकाले उनीहरु केही संयम बनेको स्रोत बताउँछ ।
१० असारबाट जारी स्थायी कमिटी बैठकमा दाहाल र नेपालले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् भने प्रधानमन्त्री ओलीले कुनै पनि पद नछाड्ने अडान दोहोराइरहेका छन् । बुधबार दाहालसँगको छलफलमा पनि प्रधानमन्त्री ओलीको यही अडान थियो ।

प्रतिक्रिया दिनुहोस्