Logo
Logo

युक्रेनको सुमी शहरमा रुसी आक्रमण, ३४ जनाको मृत्यु


252
Shares

काठमाडौं । रुसी आक्रमणबाट युक्रेनमा बालबालिकासहित कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

रुसले सुमी शहरको मध्य भागमा रहेको एक विश्वविद्यालय र ठूलो सभाहल नजिक दुईवटा ब्यालेस्टिक मिसाइल आक्रमण गर्दा ३४ जनाको मृत्यु भएको हो । अलजजिराका अनुसार आक्रमणबाट ११७ जना घाइते भएका छन् भने आक्रमणपछि सडकमा शव क्षतविक्षत अवस्थामा देखिएका छन ।

युद्धविरामको प्रयास भइरहेका बेला रुसले शक्तिशाली आक्रमण गरेपछि अधिकांश युरोपेली सहयोगीले रुसी आक्रमणको निन्दा गरेका छन् । सीमावर्ती क्षेत्रमा ठूलो आक्रमणको तयारी भइरहेको बताएको रुसले भने यस आक्रमणबारे कुनै प्रतिक्रिया दिएको छ्रैन ।

प्रतिक्रिया दिनुहोस्