Logo
Logo

आदिवासी जनजाति युवा महासंघको छैठौं महाधिवेशन ओखलढुंगामा हुने


378
Shares

काठमाडौं । आदिवासी जनजाति युवा महासंघ नेपालको छैठौं संघीय महाधिवेशन ओखलढुंगामा हुने भएको छ । महाधिवेशन यही बैशाख ०६ गते शनिवार सदरमुकामस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना हुनेछ ।

‘पहिचान, अधिकार सहितको समृद्धी र रोजगारीको लागि हाम्रो अभियान, न्याय, समानता, समावेशी, युवा नेतृत्वको लागि छैठौं संघीय महाधिवेशन’ भन्ने नारा रहेको महाधिवेशनको बन्द सत्र भने रमाइलोडाँडास्थित पाथीभरा होटलमा हुनेछ ।

महाधिवेशनमा देशभरबाट ३ सय भन्दा बढी प्रतिनिधिहरु सहभागि हुनेछन् । आदिवासी जनजाति युवाहरूको पहिचान, अधिकार, समृद्धि र रोजगारीका मुद्दाहरूलाई प्राथमिकतामा राखेको महाधिवेशनले महांसघको नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्