काठमाडौं । स्पीनर युवराज खत्रीले ५ विकेट लिएपछि ओपनरले राम्रो ब्याटिङ गर्दै नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित निकालेको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले ओमानमाथि ८ विकेटको सहज जित निकालेको हो । ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । निरज यादवले ४६ तथा साहिल पटेलले ४४ रन बनाए । ओमानका सौम्या भविनले २ विकेट लिए ।
त्यसअघि युवराज खत्रीको पाँच विकेटमा नेपालले ओमानलाई ११७ रनमा अलआउट गरेको थियो । युवराजले ७ ओभरमा १५ रन दिएर ५ विकेट लिएपछि ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको थियो ।
ओमानका लागि जीत व्रजेश साहले अर्धशतक बनाए । ७८ बलमा ६ चौकासहित उनले ५२ रन बनाए । सिद्धार्थ सोम्या शंकरले १६ रन बनाए ।