Logo
Logo

लोकतान्त्रिक शक्तिहरूबिच एकता आवश्यक : माधवकुमार नेपाल


315
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक शक्तिहरूबिच एकताको आवश्यकता रहेको बताएका छन् । नयाँ वर्ष २०८२ को अवसरमा सोमबार शुभकामना दिँदै नेपालले परिवर्तनका पक्षधर शक्तिहरूबिच एकताको अपिल गरेका हुन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिगामी शक्ति सक्रिय रहेकाले परिवर्तनका पक्षधर तथा लोकतान्त्रिक शक्तिबिच एकता आवश्यक रहेको नेपालको भनाइ छ ।

शुभकामना सन्देशमा उनले जनताको लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गरी सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित आर्थिक रूपान्तरणमा मुलुकलाई अघि बढाउनु पर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री नेपालले शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्दै अध्यक्ष नेपालले नयाँ वर्षले समुन्नत समाजवादी मुलुक निर्माणमा एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

राष्ट्रियता, जनजीविका, वैज्ञानिक समाजवादका विषयमा साझा दृष्टिकोण बनाउन राजनीतिक शक्तिहरूलाई आग्रह गर्दै उनले उत्पादन वृद्धि गरी रोजगारका अवसर सिर्जना गरी सामाजिक रूपान्तरण गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्