काठमाडौं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो । बैठकमा नयाँ वर्षको शुभकामना आदानप्रदानका साथै समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरिने जनाकारी दिइएको छ ।

बैठकमा पार्टीको स्थापना दिवसको तयारीका सन्दर्भमा पनि कुराकानी हुने जनाइएको छ । एमालेले पार्टीको ७६ औँ स्थापना दिवस आगामी वैशाख ९ गते भव्य रूपमा मनाउने निर्णय यसअघि नै गरिसकेको छ।