काठमाडौं । दक्षिण कोरियामा गैरकानुनी रूपमा बसेका तीन जना नेपालीलाई निष्कासन (डीपोर्ट) गरिएको छ । कोरियाली अध्यागमन प्रहरीले उनीहरूलाई कोरियन एयरको विमानबाट नेपाल पठाएको हो ।

निष्कासनमा पर्नेमा नेपाली, गुरुङ र योगी थरका रहेको जनाइएको छ । उनीहरू गैरकानुनी तरिकाले दक्षिण कोरियामा बस्दै आएका थिए । उनीहरूलाई यसै साता नेपाल पठाइएको हो ।
पछिल्लो समय गैरकानुनी रूपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ । अवैध रूपमा बसोबास गर्ने नेपालीहरू पनि त्यहाँको अध्यागमनको निशानामा पर्दै आएका छन् ।